समाज

सरकारले पठायो काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा परियार

इकागज |
माघ ५, २०८० शुक्रबार १६:५६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेसी आयोगमा सरुवा गरपछि राष्ट्रिय योजना आयोगका सहसचिव परियारलाई पठाएको हो ।

महानगरको स्वास्थ्य विभागको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै प्रशासकीय अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो । 


महानगरले सोही विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरेको थियो । अधिकारी भने बिदामा बसेका थिए ।


Author

थप समाचार
x