३१ जना प्रहरीहरूलाई हलुका सवारी चालक तालिम
फाइल तस्बिर
काठमाडौं - नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३१ जना प्रहरी कर्मचारीहरूलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हलुका सवारी चालक तालिम २६औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
तालिम समापनको अवसरमा सोही महाशाखामा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक ई. कमलेन्द्र लाल कर्णले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे । । प्रहरी उपरीक्षक कर्णले दक्ष सवारी चालकहरूको कमिलाई परिपूर्ति गर्नुका साथै समय सापेक्ष रूपमा नयाँ प्रविधियुक्त सवारी साधनहरूबारे प्रशिक्षार्थीहरूलाई तालिममा ज्ञान, सीप प्रदान गरिएको बताए ।
कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक ई. अशोक केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत मंसिर ५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी सहायक हवल्दार २ जना र प्रहरी जवान २९ जना गरी जम्मा ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया