समाज

रुख काट्ने क्रममा गोरखामा करेन्ट लागेर एक जनाको मृत्यु

इकागज |
माघ ५, २०८० शुक्रबार १९:४३ बजे

फाइल तस्बिर

गोरखा- गोरखाको पालुङटार नगरपालिकामा आज करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा पालुङटार नगरपालिका-६ गाँइखुरका ४८ वर्षीय अनन्त परियारको रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए ।


परियारलाई आफ्नै बारीमा रहेको कटहरको रुख काट्ने क्रममा करेन्ट लागेको थियो । रुखले हाइटेन्सन लाइनमा छोएपछि उनी लडेर गम्भीर घाइते भएका थिए ।

परियारको तनहुँको लक्ष्मी अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो १:४० बजे मृत्यु हो । परियारको दमौली अस्पतालमा पोस्टमार्टपछि आज मात्र शव आफन्तलाई बुझाइएको सूचना अधिकारी श्रेष्ठले बताए ।


Author

थप समाचार
x