समाज

भारत लैजाँदै गरेकी १७ वर्षीया किशोरीको उद्धार

इकागज |
माघ ५, २०८० शुक्रबार १९:५५ बजे

सांकेतिक तस्बिर

बर्दिया- बाँसगढी नगरपालिका-३ की १७ वर्षीया एक किशोरीलाई ललाई फकाई भारत पुर्‍याइएकोमा भारतीय सुरक्षा बल एसएसबीले उद्धार गरेको छ । एसएसबी ५९औं बाहिनी लौकाहीले किशोरी र दुई युवालाई सोधपुछ गर्दा स्पष्ट र सन्तोषजनक जवाफ नआएपछि क्याम्पमा लगिएको थियो ।

क्याम्पमा सोधपुछपछि उनीहरूले ती किशोरीलाई भारतको चेन्नई लैजान लागेको बताएका थिए । शंका लागेपछि एसएसबीले नेपाल प्रहरीलगायत मानव बेचबिखनविरुद्ध अभियानमा लागेका शान्ति पुनःस्थापन गृहलाई बुझाएका थिए ।


प्रहरीले दुई आरोपितलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए । पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-३ का २१ वर्षका कासिम अहम्मद र सोही ठाउँका २० वर्षीय मोहम्मद कैफ रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले उनीहरूको साथबाट भारतीय आधार कार्ड समेत बरामद गरेको जनाएको छ ।


Author

थप समाचार
x