समाज

हिटर र गिजरको प्रयोग कसरी गर्ने ?

इकागज |
माघ ६, २०८० शनिबार ७:४६ बजे

जाडो मौसममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपायहरू अपनाइन्छ । यस्ता अवस्थामा पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटनाहरू घट्ने गरेका छन् । त्यसैले यस्ता काम गर्दा सावधानीका निम्न उपायहरू अपनाउनुपर्छ :

- हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ
- कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ
- आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ 
- आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ
- हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ
- सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ
- गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ
- गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ



Author

थप समाचार
x