स्रोत नखुलेको ६ लाख रकमसहित रौतहटमा एकजना पक्राउ
रौतहट- करिब ६ लाख नेपाली रुपैयाँसहित रौतहटमा एक जना पक्राउ परेका छन् । हुण्डी कारोबार गरेको आशंकामा सशस्त्र प्रहरीको गस्ती टोलीले एक जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रकुमार पाटामगर नेतृत्वको टोलीले शनिबार पाँच लाख ९४ हजार रुपैयाँसहित परोहा नगरपालिका-८ का दिनेशप्रसाद कुष्वाहालाई पक्राउ गरेको छ ।
सीमावर्ती बौधीमाई नगरपालिका-७ छोटी बंकुल हुँदै भारततर्फ गई रहेको बागमती प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थान गरी कुल पाँच लाख ९४ हजार रुपैयाँसहित कुशवाहा पक्राउ परेको इन्स्पेक्टर पाटामगरले बताएका छन् ।
बरामद रुपैयाँ, मोटरसाइकलसहित ४५ वर्षीय कुशवाहालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया