समाज

पानी चरा गणना

चितवनमा भेटिए ५३ प्रजातिका चरा

इकागज |
माघ ६, २०८० शनिबार १७:१० बजे

काठमाडौँ- पानीमा आश्रित चराको गणना चितवनमा सम्पन्न भएको छ ।

बसाइँसराइ गरी नेपाल आउने पानीमा आश्रित चराको गणना चितवन राष्ट्रिय निकुञ्जको कसराको पूर्व क्षेत्र र पश्चिम क्षेत्रमा विभाजन गरेर राप्ती नदी, नारायणी नदी र विभिन्न ताल तलैयाहरूमा गरिएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष टिकाराम गिरीले बताए । उक्त चरा गणनामा चराविज्ञहरूको विभिन्न टोली बनाएर गरिएको थियो ।


जनवरी ७ देखि भएको चरा गणनाले चितवनको पूर्वी क्षेत्रमा पानी आश्रित ५३ प्रजातिका चरा भेटिएको उनले बताए । पूर्वी चितवनको लोथरको गैडहवा जिन्दगानी घाटदेखि पटना तालसम्म गरिएको थियो चरा गणना कै क्रममा चितवन राष्ट्रिय निकुञ्जको कसरा पुलदेखि पश्चिम क्षेत्रमा ६१ प्रजातिको पानी चरा भेटिएको छ ।

चरा गणना दिब्यनगर राप्ती नदी गोला घाट माडीको बगईदेखि रिउ नदीको दोभानसम्म गरिएको पश्चिम क्षेत्रका टोली प्रमुख मनिषकुमार लिम्मुले बताए । जसमध्ये पानी हाँस चेखेवाको सख्या सबैभन्दा धेरै रहेको पाइएको छ भने जलकौवा  खोया हाँस लक्ष्मण सारस र भुडीफोर गरुड लगायतका करिब १४ हजार पानीमा आश्रित चरा भेटिएको लिम्बुले बताए । 

गणनाका क्रममा गत वर्ष नभेटिएका ४ प्रजातिका चरा पूर्वी क्षेत्रमा भेटिएका छन् । तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएका थिएनन् । पानीमा आश्रित चराको गणना सन् १९८७ देखि नेपाल लगायत दक्षिण पूर्व एसियाको ३५ देशमा प्रत्येक वर्षको जनवरी महिनामा एकै साथ गरिँदै आएको छ ।


Author

थप समाचार
x