समाज

एकै वर्षमा लोकसेवाले लिएको सात परीक्षामा नाम निकाल्न सफल मुगुकी सकुना

इकागज |
माघ ७, २०८० आइतबार ९:३ बजे

काठमाडौँ - मुगुकी सकुना परियारले लोकसेवाले लिएको सात वटा परीक्षामा नाम निकाल्न सफल भएकी छिन् । मुगुको छायाँनाथ रारा नगरपालिका–१, क्षत्रीबाडाकी सगुनाले एक वर्षमा लोकसेवा आयोगले लिएका ७ पदमा नाम निकाल्न सफल भएकी छन् ।  

हालै संघीय लोकसेवा आयोगको कार्यालय दिपायलले सार्वजनिक गरेको स्टाफ नर्सको नतिजासँगै सगुनाले एकै वर्षमा ७ वटा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सफल भएकी हुन् । 


उनले गत वर्ष लोकसेवा आयोग लुम्बिनीले लिएको प्रदेश निजामती सेवातर्फ अनमी, स्थानीय सेवातर्फ अनमी, कर्णाली प्रदेश अनमी र पब्लिक हेल्थतर्फ नर्सिङ, कोशी प्रदेश अनमी, संघीय लोकसेवा आयोग दिपायलबाट स्टाफ नर्स र निजामती कर्मचारी अस्पतालमा नाम निकालेकी छिन् । 

सानैदेखि नर्स बन्ने सपना बुनेकी उनी पढाइमा अब्बल थिइन् । उनले सेती महाकाली नर्सिङ क्याम्पसबाट २०७५ सालमा उत्कृष्ट नम्बरमा नर्सिङ पास गरेकी छिन् । आफूभित्र भएको इच्छा र चाहानाअनुसार निरन्तर मेहनत गरे सफलता सहजै प्राप्त गर्न सकिने सगुना बताउँछिन् ।


Author

थप समाचार
x