दार्चुलामा प्रहरीमाथि चक्कु प्रहार
फाइल तस्बिर
दार्चुला- दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन् ।
महाकाली नगरपालिका-१ दहका २५ वर्षीय उमेश कुँवरले आइतबार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताएका छन् ।
उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालयमा निवेदन आएपछि उमेशलाई नियन्त्रणमा लिन सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
चक्कु प्रहार गरेर कुँवर फरार भएका छन् । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको छ । उमेश र धनिशाले भदौमा भागेर बिहे गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया