समाज

हनी ट्र्याप गर्ने महिलालाई ६ महिना कैद सजाय

इकागज |
माघ ८, २०८० सोमबार १९:३५ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- हनी ट्र्याप गरेको आरोप लागेकी एक महिलालाई काठमाडौँ जिल्ला अदालतले ६ महिना कैदको सजाय सुनाएको छ ।

देवी थापा नाम गरेकी महिलालाई ६ महिना कैद, ७ लाख रुपैयाँ बिगो र ५ हजार जरिवानाको सजाय भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले जानकारी दिए ।


आपराधिक लाभ कसुरमा न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले थापालाई दोषी ठहर गरेको हो । यो घटनामा थापा र सुदर्शन थापालाई पनि प्रतिवादी बनाइएको थियो । सुदर्शनलाई ७ दिन कैद, एक हजार रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ बिगोको सजाय भएको छ ।

उनीहरूविरुद्ध आपराधिक लाभमा २१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर भएको थियो । पीडित पुरुषको नजिक भएर ब्ल्याकमेलिङ गरेको भन्दै दुई जनाविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा चलेको हो ।


Author

थप समाचार
x