समाज

काठमाडौँ महानगरको विद्यालयलाई शैक्षिक सत्र लागू नभइ भर्नाको सूचना ननिकाल्न निर्देशन

इकागज |
माघ ११, २०८० बिहीबार १५:२५ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सबै विद्यालयलाई शैक्षिक सत्र सुरु नभइ भर्ना प्रक्रियाको सूचना ननिकाल्न निर्देशन दिएको छ । अनलाइन तथा विभिन्न  माध्यमबाट वि. स. २०८१ को लागि भर्ना खुलेको भन्दै सूचना जारी गरेपछि महानगरले आपत्ति जनाएको छ ।

‘यदि कसैले त्यस प्रकारको सूचना प्रकाशन गरेको पाइएमा काठमाडौँ महानगरको शिक्षा ऐन, २०७५ तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदैछौ,’ महानगरले जारी गरेको सूचना भनिएको छ ।


 


Author

थप समाचार
x