घुस लिएको आरोपमा मालपोत अधिकृत भ्रष्टाचारी ठहर
फाइल तस्बिर
काठमाडौँ- सेवाग्राहीसँग घुस लिएको भन्दै ताप्लेजुङ मालपोत कार्यालयकी तत्कालीन अधिकृत पनेरु महतलाई विशेष अदालत काठमाडौँले भ्रष्टाचारी ठहर गरेको छ ।
शुक्रबार विशेषका न्यायाधीशहरू टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासलेले अधिकृत पनेरुले सेवाग्राहीसँग घुस लिएको ठहर गरेको हो ।
घुस लिँदालिँदै पक्राउ परेकी पनेरुलाई अख्तियारले २०७९ असार २४ गते विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको थियो ।
जग्गा नामसारी गरिदिए बापत उनले घुस लिँदा फुङ्लिङको एक घरबाट रंगेहात पक्राउ परेकी थिइन् । विशेषले त्यही मुद्दामा प्रतिवादी बनाएको भावना महतलाई भने सफाइ दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया