डियरवाक र डियरहोल्डमा अमेरिकन चेम्बर अफ कमर्सको 'सिकाइ श्रृङ्खला'
काठमाडौँ- अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायीहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) ले आफ्ना सदस्य डियरहोल्ड नेपालमा 'इन्फर्मेटिभ लर्निङ' कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा डियरवाक अन्तर्गतका कम्पनी र डियरहोल्डले सफ्टवेर विकास, स्कुल तथा कलेज सञ्चालन, कर्पोरेट तथा आइटी तालिम, अटो सर्भिस एवं पर्यटन क्षेत्रमा काम गर्दै आइरहेको कम्पनीका संस्थापक रुद्रराज पाण्डेले बताए ।
कार्यक्रममा कम्पनीका संस्थापक रुद्रराज पाण्डेले नेतृत्व विकास र कम्पनीको बारेमा अनुभव साटेका थिए । सचिन कारन्जितले डियरहोल्ड नेपालको सञ्चालनको, डियरवाक स्कुल र कलेजको बारेमा बिजय श्रेष्ठ र डियरवाक कम्पवेरको बारेमा यज्ञ लम्सालले जानकारी दिएका थिए ।
आफ्ना सदस्यहरूमा सिकाइ श्रृङ्खला अन्तर्गत एकच्यामले अन्तर्क्रियासँगै काठमाडौँको सिफलमा रहेको डियरहोल्ड र डियरवाक ग्रुपको परिसर भ्रमण गराएको हो ।
कार्यक्रमले सदस्यहरू बीच मित्रता बढाउने र एक अर्काको व्यवसायको बारेमा थप बुझ्न मद्दत गर्ने एमच्याम नेपालका अध्यक्ष निर्मलकाजी श्रेष्ठले बताए ।
कार्यक्रममा सहभागीहरूले डियरहोल्ड र डियरवाक ग्रुप अन्तर्गत सिफल स्कुल, डियरवाक कलेज, डियरवाक कम्पवेर अवलोकन गरेका थिए ।
कार्यक्रममा एमच्यामका निवर्तमान अध्यक्ष अजित शाह सदस्य सामर्थ मोघा र अमेरिकी दूतावासका आर्थिक तथा वाणिज्य विशेषज्ञ तथा आर्थिक/वाणिज्य अधिकृत डरिन क्रिस्टेनसेन लगायत ४० जना सहभागी थिए ।
एमच्याम नेपालमा अमेरिकी लगानीका ४० भन्दा बढी व्यावसायिक संस्था आबद्ध भैसकेका छन् । स्थापनाको २ वर्षमै एमच्याम नेपालले युएस च्याम्बर्स अफ कमर्सको आबद्धता पाइसकेको छ ।
यस संस्थाको उद्देश्य पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा केन्द्रित नेपालका लागि वैदेशिक लगानी (एफडीआई) समावेश गरी दुई देशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नु भएको संस्थाले एमच्याम नेपालले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया