प्रधानन्यायाधीश श्रेष्ठ भारत प्रस्थान
फाइल तस्बिर
काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत भ्रमणमा गएका छन् ।
भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार नेपाल वायु सेवा निगमको विमानमार्फत् नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।
प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार बिमल पौडेल पनि सहभागी छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया