समाज

कपडा धुन तयार पारेको पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

इकागज |
माघ १३, २०८० शनिबार १८:४३ बजे

काठमाडौँ- भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ ।

शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो । खाटमा सुतिरहेका लक्ष्मण भुईँमा खस्दा भाँडोमा परेका थिए ।


लगत्तै उपचारका लागि सिद्धी स्मृति अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x