समाज

चितुवाको आक्रमणबाट डोटीमा एक महिला घाइते

इकागज |
माघ १३, २०८० शनिबार २०:४३ बजे

फाइल तस्बिर

डोटी- डोटीमा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

शनिबार दिउँसो तिर चितुवाले आक्रमण गर्दा पुर्वीचौकी गाउँपालिका–५ काँडामाण्डौकी ५२ वर्षीया मैना देवी तिरुवा घाइते भएकी हुन् । जङ्गलमा बाख्रा चराउन गएको बेला तिरुवालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।


चितुवाले उनको खुट्टाको घुँडामुनि टोकेको छ । घाइते तिरुवालाई जिल्ला अस्पताल डोटीमा खोप नभएपछि धनगढी रिफर गरेको प्रवक्ता विष्टले बताए ।


Author

थप समाचार
x