समाज

कार्य स्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

इकागज |
माघ १४, २०८० आइतबार १७:४८ बजे

काठमाडौँ- कार्य स्थल    मा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ ।

आइतबार उद्योग मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उद्योग परिसंघ र विभिन्न ६ वटा उद्योगहरूबीच उक्त सम्झौता भएको हो ।


सम्झौतामा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दिपक घिमिरे, परिसंघका तर्फबाट महानिर्देशक दिपकराज जोशी र उद्योगहरूका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका थिए ।

सम्झौतासँगै ६ वटै उद्योगहरूले कूल १ हजार ६ सय ६३ जना प्रशिक्षार्थी कामदार छनौट गरी प्रशिक्षण प्रदान गरी रोजगारीमा लगाउने छन् । सम्झौता कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले प्रशिक्षण कार्यक्रम मार्फत उद्योगको उत्पादन वृद्धिमा योगदान पुग्ने र स्वदेशमै रोजगारीका थप अवसरहरू सिर्जना हुने अपेक्षा गरे ।

सम्झौताअनुसार प्रशिक्षार्थी कामदारहरूको अधिकतम ३ महिनाको पारिश्रमिक नेपाल सरकारका तर्फबाट केन्द्रले बेहोर्ने छ भने उद्योगले तत्पश्चात् कम्तिमा १८ महिनाका लागि रोजगारीको सुनिश्चितता गर्नुपर्ने बताइएको छ । 


Author

थप समाचार
x