समाज

नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा पक्राउ

इकागज |
माघ १५, २०८० सोमबार १५:४९ बजे

काठमाडौँ- अर्काको नागरिकता दुरुपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौँ महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । 

खड्काले अर्काको नागरिकता दुरुपयोग गरी बैंकको केवाइसी विवरणमा आफ्नो फोटो टाँसेर खाता खोली अन्यलाई चेक दिइ दुरुपयोग गरेको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीउपर बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 



Author

थप समाचार
x