ग्यास गिजरका कारण निस्सासिएर हेटौंडामा एक युवकको मृत्यु
हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यास गिजरका कारण निस्सासिएर एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो ।
बाथरुम छिरेका युनेश निकै बेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए । बोलाउँदा समेत नबोलेपछि ढोका फोडेर बेहोस अवस्थामा रहेका उनको उद्धार गरिएको थियो । उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शौचालय-बाथरुममा रहेको ग्यास गिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया