समाज

रौतहटमा नाग निस्केको भन्दै हेर्नेको भीड

इकागज |
माघ १६, २०८० मंगलबार १७:८ बजे

रौतहट- रौतहटको फतुवा विजयपुर नगरपालिका-३ स्थित सर्प देखिएपछि नाग देवता भन्दै हेर्नेको भीड लागेको छ । फतुवा विजयपुर- ३ मेवा गाउँ र टेंग्राहाको बीचमा सर्प देखिएको हो । उक्त स्थानमा मंगलबार बिहानदेखि नाग देवताको दर्शन गर्नेभन्दै स्थानीयको भीड लागेको वीरेन्द्र यादवले बताए । 

पछिल्लो तीन दिनदेखि उक्त स्थान नहरको छेउमा सर्प देखिने गरेको उनले बताए । नहर छेउको खेतको दुलोबाट बिहान १० बजे निस्केर दिउँसो ३ बजेसम्म एउटै स्थानमा बस्ने गरेको स्थानीयहरूले बताएका छन् । यहाँ देखिएको सर्प जस्तै केही समयअघि कटहरियामा पनि देखिएको थियो । उक्त सर्पलाई ब्ल्याक कोब्रा भनिएको थियो ।


यसअघि जिल्लाको उत्तरी भेग गुजरा नगरपालिकाअन्तर्गत जंगलमा नाग देवता देखिएको भन्दै दैनिक हजारौं मानिसको भीड लागेको थियो । 

स्थानीयको अनुरोधमा मेयर सन्तलाल चौधरीले नाग निस्कने स्थानमा मन्दिर निर्माणको लागि शिलान्यास गरेका थिए । शिलान्यासको केही दिनपछि उक्त स्थानमा एक महिनादेखि देखिँदै गरेको सर्प आउन छोडेपछि मन्दिर निर्माण हुन सकेन । न्युजकारखाना
 


Author

थप समाचार
x