समाज

पार्सल पठाउँछु भन्दै ठगी गर्ने युवकले गरेका थिए डेढ वर्षमै १ अर्ब ४९ करोडको कारोबार

इकागज |
माघ १६, २०८० मंगलबार २०:१३ बजे

काठमाडौँ- ठगी आरोपमा पक्राउ परेका एक युवकले डेढ वर्षमै १ अर्ब ४९ करोडभन्दा बढीको कारोबार गरेको पाइएको छ ।

सप्तरीको राजविराज नगरपालिका-१० डुम्रीका २६ वर्षीय डम्बर साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 


अनलाइन ठगीको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनले विभिन्न व्यक्तिहरूलाई पार्सल पठाइदिन्छु भन्दै ठगी गरेका थिए । साहले आफैँले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खातामा विभिन्न लेअरमा रकम पठाउन लगाउने गरेका थिए ।

उनीविरुद्ध ३४ जनाले प्रहरीमा उजुरी दिएका छन् । साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल प्रोफिस्ट ग्रुप एण्ड डम्बर साहको व्यक्तिगत खातामा मात्रै १ अब ४९ करोड ६२ लाख ७४ हजार रुपैयाँको कारोबार भएको देखिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x