विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ
फाइल तस्बिर
काठमाडौं - विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका छन् । सीआईबीले उनलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
एसएसपी आचार्यको कमाण्डमा बाँसबारी छाला जुत्ता उद्योगको जग्गााका बारेमा अनुसन्धान भइरहेको छ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी घरानाले हडपेको पाइएको सीआईबीले जनाएको छ। सोही पुष्टि भएपछि चौधरीलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।
उक्त फ्याक्ट्रीको सेयर सदस्यमा सांसद विनोदकुमार चौधरी, अरूणकुमार चौधरीलगायत थिए।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया