समाज

स्रोत नखुलेको १४ लाख रुपैयाँसहित दुई जना पक्राउ

इकागज |
जेठ २४, २०७८ सोमबार २०:४ बजे

 काठमाडौँ । स्रोत नखुलेको १४ लाख २५ हजार रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सुनसरीको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढीखोलाको पुलबाट विनोद साह र रोशनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।  

सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँदै गरेको प्र. १–०२–०४० प ५४९९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सशस्त्र प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।  मोटरसाइकलसहित उनीहरुलाई भन्सार कार्यालय सुनसरीमा पठाएको प्रहरीले जनाएको छ ।  



Author

थप समाचार
x