समाज

रुसी सेनामा भर्ती भएका नेपाली​को सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह

इकागज |
माघ १९, २०८० शुक्रबार १५:१८ बजे

काठमाडौँ​- रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरूले सकुशल घर फिर्ताको वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनीहरूले रुसी सेनामा भर्ती भएका केही आफन्तहरू बेपत्ता भएको र केहीको अवस्था नाजुक रहेको भन्दै सकुशल घर फिर्ताको वातावरण सरकार समक्ष आग्रह गरेका हुन् । त्यस्तै रुसी सेनाबाट भागेर आएकाहरूले पनि नेपालीहरूको अवस्था निकै नाजुक रहेको बताएका छन् ।


युद्धमा नेपालीहरूलाई अग्रपङ्क्तिमा पठाउने र भाषा समेत नबुझेका कारण ज्यान जाने गरेको उनीहरूको भनाइ छ । रुसी सेनामा भर्ती भएर पनि नेपाल आउन सफल युवा सुमन राईले रुसी सेनामा रहँदा तालिमबाटै नेपालीहरूमाथि अत्याचार हुने गरेको बताए । उनले अहिले पनि १४-१५ हजारको हाराहारीमा रुसी सेनामा रहेको र युद्धका क्रममा धेरै नेपालीले ज्यान गुमाएको हुनसक्ने बताए । युद्धमा भएको हाताहातीका बारेमा पनि रुसी सेनाका अधिकारीले लुकाउने गरेको उनको भनाइ छ ।

रुसी सेनामा भर्ती भएर नेपाल फर्किएका युवाहरूले वैदेशिक रोजगारीका लाग दुबई कतारलगायतका देशमा गएका युवाहरू पनि उतैबाट रुसी सेनामा भर्ती हुन जाने गरेको बताएका छन् । 


Author

थप समाचार
x