समाज

शान्ति मिसनमा पुगेका दोलखाका थापाको मृत्यु

इकागज |
माघ १९, २०८० शुक्रबार १७:५७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ-  शान्ति मिसनमा लेबनन पुगेका नेपाली सेनाका सिपाही शुवास थापाको मृत्यु भएको छ । डिउटीमा रहँदा आँफैले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा फेला परेका थापाको बिहीबार मृत्यु भएको नेपाली सेनाको मुख्यालय भद्रकालीले जनाएको छ ।

श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फामा कार्यरत थिए । बंकरमा स्ट्याण्डवाइ डिउटीमा रहँदा आँफैले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा फेला परेको र गण हे.क्वा.मा रहेको युनिफिल अस्पतालमा उपचारमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।


मिशन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाई चलीरहेको छ । त्यसको

असर वा  अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको नेपाली सेनाले बताएको छ ।

उनी बागमती प्रदेश दोलखा निवासी हुन् । उनको शव ल्याउन पहल गरिरहेको नेपाली सेनाले उल्लेख गरेको छ ।

 

 

 


Author

थप समाचार
x