१५ दिनभित्र साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध
चितवन- साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरूलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो ।
भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आबद्ध रहेका निक्षेपकर्ताहरूको रकम ठगी गरेकोले ठगी सम्बन्धी कसुरमा जाहेरी परेकाले उनीहरूविरुद्ध अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया