माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
प्रतिकात्मक तस्बिर
तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–६ कुम्लेखोलामा माछा माने क्रममा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २८ वर्षीय सन्तोष कुमाल रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सल्यानको शारदा नगरपालिका–१२ घर भई हाल शुक्लागण्डकीको ओख्ले बस्ने २५ वर्षीय सन्तोष डाँगी र २८ वर्षीय कुमालले विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा कुमाललाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते अवस्थामा कुमाललाई उपचारका लागि शुक्लागण्डकी–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया