विमानस्थल सुरक्षा प्रमुख ठकुरीले दिए राजीनामा
फाइल तस्बिर
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजीनामा दिएका छन् ।
विमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन् ।
गत वैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजीनामा दिएका हुन । तर, उनले किन राजीनामा दिए ?भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।
पछिल्लो समयमा बढ्दो सुन तस्करी तथा प्रहरी र अध्यागमन कर्मचारीका बीचमा भइरहेका असहमति र विवाद देखा परेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया