[फोटोफिचर]
दुधौरा पुल निर्माणमा ढिलाइ भएपछि...
काठमाडौँ- पूर्वपश्चिम लोकमार्गअन्तर्गत बाराको पथलैया-निजगढ सडक खण्डमा पर्ने दुधौरा खोलामा चार लेनको पक्की पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरू सास्ती भाेग्न बाध्य भएका छन् ।
पक्की पुल निर्माणमा ढिलाइ भएपछि चाँडोभन्दा चाँडो कार्य सम्पन्न गर्न आग्रह गर्दै साइन बोर्ड पनि राखिएको छ । सडक विभाग मातहतकाे पुल महाशाखाले पुल निर्माणकाे जिम्मा महादेव खिम्ती हिराजन जेभीलाई दिएकाे थियाे । सम्झाैताअनुसार तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने हाे ।
दुधौरा नदीमा पुल निर्माण हुने भएपछि लामो समयदेखि वैकल्पिक बाटो प्रयोग गर्न बाध्य रहेका स्थानीय हर्षित भएका थिए । पुल नहुँदा वर्षायाममा स्थानीय २५ किलोमिटर लामो वैकल्पिक बाटो प्रयोग गर्ने गरेका थिए । राजमार्गमा सडक र पुल निर्माण नहुनु सरकारको कमजोरी भएको स्थानीयको आरोप छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया