समाज

सुत्केरीलाई कोसेली

इकागज |
माघ २०, २०८० शनिबार २१:५५ बजे

सांकेतिक तस्बिर

बाजुरा- बाजुराको एक पालिकाले सुत्केरीलाई ‘कोसेली’ कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले सुत्केरी महिलालाई कोसेली कार्यक्रम सञ्चालन गरेको हो ।

गत आर्थिक वर्ष २०७९-८० बाट गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको हो । बच्चाहरूमा कुपोषण देखा परेकोले त्यसलाई न्यूनीकरण गर्ने गरी उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको खप्तड छेडेदह गाउँपालिकाले जनाएको छ ।


उक्त कार्यक्रम सञ्चालन भएपछि त्यहाँका सुत्केरीको मुहारमा निकै खुसी छाएको छ । पछिल्लो समय जन्मिने कुनै पनि बालबालिका कुपोषणको सिकार बन्नु नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिका उपाध्यक्ष बिसु नाथले बताइन् ।

खप्तड छेडेदह गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ का १८५ जना सुत्केरी महिलालाई समेटिएको नाथले बताइन् । खप्तड छेडेदह गाउँपालिकाले सात वटै वडामा उपाध्यक्षसँग सुत्केरी कोसेली कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताए ।


Author

थप समाचार
x