काठमाडौँ प्रेस चौतारीद्वारा पशुपति परिसरमा सरसफाइ
काठमाडौँ- काठमाडौँ प्रैस चौतारीले स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको छ । काठमाडौँ प्रेस चौतारीले नेपाल प्रेस चौतारीको २६ औँ स्थापना दिवसको अवसरमा पशुपति मन्दिर परिसर सरसफाइ गरेको हो ।
नेकपा एमाले काठमाडौँ महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयालले प्रेस चौतारीले नेपालको क्रान्तिमा खेलेको भूमिका अद्वितीय रहेको बताए । उनले भने, ‘नेपालमा तीन वटा क्रान्ति भए । यसले समुन्नत नागरिक र मुलुक निर्माणका लागि आधार बनेको छ । यसकै आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धति कार्यान्वयनमा छ । यद्यपि मुलुक र जनताका लागि गर्नुपर्ने का धेरै बाँकी छन् ।’
मुलुक परिवर्तनका लागि राजनैतिक कर्मले मात्रै नपुग्ने बताउँदै उनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणमार्फत् जनताको अपेक्षअनुसार समाज निर्माण गर्न प्रेस स्वतन्त्रता दर्बिलो अंग भएको जिकिर गरे ।
यस्तै, काठमाडौँ प्रेस चौतारीका सचिव लक्ष्मण शर्माले आगामी दिनमा रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा नेकपा एमाले काठमाडौँ महानगरपालिकाका इन्चार्ज तथा पूर्वमन्त्री रामेश्वर फुयाल, जनप्रतिनिधि तथा काठमाडौँ महानगरको उपसचिव सिर्जना भेटुवाल, काठमाडौँ महानगर कमिटी सचिवालय सदस्य तथा वडा नम्बर ७ का इन्चार्ज कृष्णमणि भट्टराई र पशुपति विकास कोषका पूर्वसञ्चालक सदस्य आशा पाण्डेलगायतको उपस्थिति थियो ।
यस्तै, प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपालले आफ्नो २६औं स्थापना आज दिवस देशभर मनाउँदै छ ।
अध्यक्ष गणेश बस्नेतका अनुसार २६औं स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यालयले काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया