समाज

आरती साहका आमा र भाइ प्रहरीको नियन्त्रणमा

इकागज |
माघ २२, २०८० सोमबार १६:४५ बजे

काठमाडौँ- लामो समयदेखि छोरीको हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका जनकपुरका आरती साहको आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

न्यायको माग गर्दै सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्न खोज्दा साहकी आमा र भाइलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आरतीको न्यायका लागि ज्ञापनपत्र बुझाउन उनीहरू सिंहदरबार प्रवेश गर्न खोजेका थिए ।


गत जेठ ७ गते आरती आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा जाहेरी दिएका थिए । यसपछि प्रहरीले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आरतीका आमा, बुवा र बहिनी विगत लामो समयदेखि काठमाडौँमा धर्ना नै बसेका छन् ।

 


Author

थप समाचार
x