समाज

साइबार ब्यूरोले भन्योः नागरिकताको कपी, ओटीपी नम्बर र एटीम कार्ड कुरियर गरेर विदेश नपठाउनू

इकागज |
माघ २२, २०८० सोमबार १६:४९ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले नागरिकताको कपी, एटीएम कार्ड, चेक बुक र ओटीपी नम्बर विदेशमा कुरीयर गरेर नपठाउन अनुरोध गरेको छ ।

ब्यूरोले सोमबार सूचना जारी गर्दै व्यक्तिगत बैंक खाता, नागरिकता लगायतका विवरणबाट कुनै आपराधिक कार्य भएमा स्वयं जिम्मेवारी हुनुपर्ने भएकाले त्यस्ता कानुनी झन्झटबाट सुरक्षित रहन सबै सर्व साधारणलाई आग्रह गरेको छ ।


सामाजिक सञ्जालको विभिन्न फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा अपरिचित व्यक्तिसँग साथी नबन्न सर्वसाधारणलाई ब्यूरोले निर्देशन दिएको छ ।

‘अपरिचित व्यक्तिले विभिन्न बहाना बनाइ, लोभ देखाइ विश्वासमा पारी प्रेमजालमासमेत पार्ने गरेको तथा नक्कली प्रेमीको अनुरोधमा अनलाइन वालेट, विभिन्न बैंकमा खाता खोली,  अनलाइन बैंकिङको पासवर्ड उपलब्ध गराउने, बैंकको चेक तथा खाता नम्बर उपलब्ध गराउने, नागरिकता र ओटीपी कोड कुरियर गरि विभिन्न देशमा पठाउने  गरेको पाइएको छ,’ सूचनामा उल्लेख छ ।


Author

थप समाचार
x