समाज

सर्वोच्चको आदेश कार्यान्वन गराउन माग गर्दै काठमाडौँमा प्रदर्शन

इकागज |
माघ २४, २०८० बुधबार १३:२१ बजे

काठमाडौँ- ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले सर्वोच्च अदालतको आदेश कार्यान्वन गराउन माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ । ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिंगापुर गोर्खाज्‌ विभागले सर्वोच्चले आफुहरूको पक्षमा गरेको ऐतिहासिक फैसला गरेपनि कार्यान्वयन नगरेको भन्दै काठमाडौँको शान्तिवाटीका रत्नपार्क क्षेत्रमा विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो ।

सरकारले अदालतको आदेश कार्यान्वयन गर्न आनकानी गरेकाले अदालतले फैसला गरेको ठिक १ वर्ष पुगेको अवसरमा उनीहरूले प्रदर्शन गरेका हुन् । गोर्खाहरूले अरुको तुलनामा जोखिमयुक्त कार्य गर्ने तर समान तलब, सेवा, सुविधा, पेन्सन, नदिने र राज्यले भाडाका सेना बनाउने भएकाले त्यसको खारेजीको लडाईं लडेको ब्रिटिस गोर्खा भूतपूर्व सैनिकहरूले जनाएका छन् ।


प्रदर्शनमा सहभागीहरूले अन्तराष्ट्रिय मानवअधिकारको कदर गर, सर्वोच्चको फैसला कार्यान्वयन गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । गोर्खा भर्ती सम्बन्धी त्रिपक्षीय सम्झौता खारेज गर्न सर्वोच्च अदालतले गत वर्षको माघ २४ गते आदेश दिएको थियो ।


Author

थप समाचार
x