समाज

बाराबाट ६१ हजार नक्कली नोटसहित पाँच जना पक्राउ

इकागज |
माघ २५, २०८० बिहीबार १४:३५ बजे

काठमाडौँ- बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका-३ का ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानीपुर गाउँपालिका-५ का सुमित साह, सन्तोष पटेल, वीरगन्ज महानगरपालिका-१० का विशालकुमार श्रीवास्तव र निरज श्रीवास्तव रहेका छन् ।


उनीहरूलाई जितपुर सिमरा उपमहानगरपालिका-७ जितपुर बजारबाट बुधबार पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

जितपुर बजारमा नक्कली नोटको कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई एक हजार दरका ६१ थान नोटसहित पक्राउ गरिएको न्यौपानेले बताए ।


Author

थप समाचार
x