खेलाडीदेखि भान्सेसम्म १९५० जनालाई प्रहरीमा जागिर खुल्यो
काठमाडौँ- नेपाल प्रहरीले ठूलो संख्यामा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले शुक्रबार एक सूचना जारी गर्दै विभिन्न पदमा १९५० जनालाई भर्ना खुलाएको हो ।
१ हजार ८५६ जना जवानलाई भर्ना खुलाएको छ ।
त्यस्तै प्रहरी कार्यालय सहयोगी भान्छे ५३ जना माग गरेको छ भने हजाम ७ जना माग गरेको छ ।
त्यसैगरी १४ जना खेलाडी माग गरेको छ भने २० जना कुचिकार माग गरेको छ ।
खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने सूचनामा उल्लेख छ ।
दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया