समाज

बेपत्ता रहेका पुरुष गोदावरीमा मृत फेला

इकागज |
माघ २६, २०८० शुक्रबार १८:२४ बजे

धनगढी- कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका-४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोही ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला परेका हुन् ।


उनी बिहीबारदेखि बेपत्ता रहेका थिए । खोजतलासका क्रममा उनलाई प्रहरीले आज (शुक्रबार) बिहान मृत अवस्थामा फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


Author

थप समाचार
x