रास्वपाका सुदूरपश्चिम सभापति विष्ट सवार कार दुर्घटना
धनगढी- कैलालीको सुखडस्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन् । घोडाघोडी ताल क्षेत्रमा टीकापुरदेखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । कारको अगाडिको भागमा क्षति भएको छ ।
बस बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय मानबहादुर पातलीले चलाएका थिए भने कार टीकापुर नगरपालिका वडा नम्बर ४ का प्रताप चौधरीले चलाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया