राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ
काठमाडौँ- कञ्चनपुर लालझाडी गाउँपालिका-३ का राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुई जना पक्राउ परेका छन् ।
पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो । उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका-६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो ।
आफन्तको जाहेरीका आधारमा उनीहरलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया