करेन्ट लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु
फाइल तस्बिर
कञ्चनपुर- कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।
बैतडीको डिलासैनी गाउँपालिका-२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका-२ बाणीमा मृत्यु भएको हो ।
विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका विष्टको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया