कुखुरालाई दानापानी दिँदै थिए, करेन्ट लागेर बिते
सांकेतिक तस्बिर
नुवाकोट- नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
उनको अम्बेभरोसा अस्पताल गल्छी धादिङमा उपचारका क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया