मिटरब्याज र सहकारीबाट नागरिकले पाएको दु:ख हाम्रो अभियानले उजागर गर्यो : प्रसाईं
काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईंको नागरिक बचाउ अभियानले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ ।
मेचीको काँकडभिट्टाबाट सुरु गरेको अभियानले प्रथम वार्षिकोत्सवको रूपमा शक्ति प्रदर्शन गरेको हो । सो क्रममा प्रसाईंले मिटरब्याज, सहकारी लगायतका क्षेत्रमा नागरिकले पाएको दु:ख अभियानले उजागर गरेको बताए । उनले मुलुकमा देखिएको बेथिति अन्त्य गर्न राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको बताए । उनले देशमा जनताका लागि केही गर्ने सरकार आवश्यक रहेको धारणा राखे ।
त्यसअघि काठमाडौँको विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डप पुगेर सभामा परिणत भएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया