'प्रहरी हुँ' भन्दै ठगी गर्ने महिला पक्राउ
काठमाडौँ- 'प्रहरी हुँ' भन्दै ठगी गरेको अभियोगमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिलाकुमारी साउदलाई प्रहरीले पक्राउ गरेको छ ।
साउदले आफूलाई नेपाल प्रहरीको 'प्रहरी नायव निरीक्षक हुँ' भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारी नगद १ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्ने उजुरीका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै उनको साथबाट नेपाल प्रहरीको पोसाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिह्न १ थान, नेम प्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया