समाज

कोभिड खोप नदिए विद्यालय सञ्चालन नगर्ने हुम्लाका शिक्षक संगठनको चेतावनी

इकागज |
जेठ २६, २०७८ बुधबार ६:७ बजे

हुम्ला : कोभिड १९ विरुद्धको खोपमा शिक्षकलाई प्राथमिकतामा नपारेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनले असन्तुष्टि जनाएको छ । सरकारले नयाँ शैक्षिक सत्र असार १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेपनि हालसम्म शिक्षकलाई कोरोना विरुद्धको खोप लगाउने कुनै पनि योजना नबनाएको भन्दै नयाँ शैक्षिक सत्रका कार्यक्रममा सहभागिता नजनाउने चेतावनी संगठनले दिएको हो ।

जोखिमको बेला शिक्षक तथा विद्यालय कर्मचारीलाई खोपको व्यवस्था नगरेको जनाउदै नेपाल राष्ट्रिय शिक्षक संगठनले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई परिक्षाका गतिबिधि र नयाँ शैक्षिक सत्रका सञ्चालनका कार्यक्रममा सहभागिता नजनाउने संगठनकी महिला उपाध्यक्ष हिरा बोहराले बताइन् ।


खोपको व्यवस्था नभएसम्म एसईई र विद्यालयका अन्य कक्षाका परिक्षाको आन्तरिक मुल्यांकनका कार्य र असार १ गतेवाट नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान र पठन पाठनका कार्यमा सहभागिता नजनाउने उनले बताइन । सोको बिरोध स्वरुप संगठनले जिल्ला प्रसान कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरिएको छ । आफ्ना माग पुरा नभएसम्म र शिक्षकलाई खोपको व्यवस्था नगरेसम्म शैक्षिक गतिविधिमा शिक्षकहरु संलग्न नहुँने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x