पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक विमानस्थलबाट पक्राउ
फाइल तस्बिर
काठमाडौं - पाँच लाख डेनिस क्रोनसहित दुई जना पाकिस्तानी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार साँझ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय येसिन अहमद र ४८ वर्षीय मोहम्मद अदनान लखानी रहेका छन् ।
फ्लाई दुबई एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएका उनीहरूलाई अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल गेटबाट करिब ९५ लाख ४३ हजार ३ सय ८४ नेपाली रूपैयाँ हुन आउने उक्त विदेशी मुद्रा अवैध रूपमा लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया