समाज

सहकारीको झ्याल फोडेर ५ लाख बढी चोरी

इकागज |
फागुन ३, २०८० बिहीबार १५:१८ बजे

सांकेतिक तस्बिर

मोरङ- मोरङको पथरीशनिश्चरे ४ नं. वडा आसपासमा केही दिनदेखि लगातार चोरी भइरहेको छ । केही दिनदेखि वडा नं. ४ का घरहरूमा निरन्तर चोरी भइरहेको थियो ।

बुधबार राति वडा नं. ८ मा पर्ने सिद्देश्वर बचत तथा ऋण सहकारीमा चोरी भएको छ । सहकारीको झ्याल फुटाएर भित्र पसेको चोरले ५ लाख ३९ हजार ५४७ रुपैयाँ नगद चोरेको हो । चोरले सिसी क्यामेराको हार्ड डिस्क समेत चोरेर लगेको संस्थाका लेखा समिति संयोजक सुवास गौतमले जानकारी दिए ।



Author

थप समाचार
x