समाज

कोब्राको डसाइले दाहालको मृत्यु

इकागज |
फागुन ४, २०८० शुक्रबार ७:२४ बजे

काठमाडौँ- झापामा विषालु सर्प कोब्राको डसाइबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार कचनकवल गाउँपालिका–१ की अन्दाजी ६५ वर्षीया टीकामाया दाहालको मृत्यु भएको हो ।

बिहीबार बिहान करिब साढे ११ बजे खेतमा काम गरिरहेका बेला सर्पले दायाँ खुट्टामा डसेर घाइते दाहालको उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले बताए ।


उनलाई सर्पदंश उपचार केन्द्र बनियानीमा उपचारको लागि पुर्‍याइएको थियो । तर त्यहाँ भेन्टिलेटर नहुँदा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुर्‍याइएको थियो ।


Author

थप समाचार
x