त्रिशूलीमा बेपत्ता युवकको शव फेला
फाइल तस्बिर
गोरखा- माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । तनहुँको ब्यास-५ घर भई धादिङ बस्दै आएका ३२ वर्षीय गोविन्द बोटेको शव भेटिएको हो ।
शुक्रबार साँझ गण्डकी गाउँपालिका-८ चरौदीस्थित त्रिशूली नदी किनारमा बोटेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक शेखर खड्काले जानकारी दिए ।
उनी माछा मार्ने क्रममा फागुन २ गते चरौदीस्थित त्रिशूली नदी किनारबाट हराएका थिए । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया