समाज

कञ्चनपुरमा ३० वर्षीया महिला बलात्कृत

इकागज |
फागुन ५, २०८० शनिबार १८:४१ बजे

कञ्चनपुर- कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको बेलौरी नगरपालिका-७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ हो । रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका-७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।


पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x