समाज

मलेसियामा बैतडीका एक युवकको मृत्यु

इकागज |
फागुन ६, २०८० आइतबार १८:५२ बजे

बैतडी- बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षीय विष्णु लोहारको मलेसियामा मृत्यु भएको हो । शुक्रबार राति कोठामा सुतेका उनी शनिबार बिहान मृत फेला परेका थिए । 


आफन्तका अनुसार उनी मलेसियाको पेनाङ राज्यको जेसीवाइसी कम्पनीमा कार्यरत थिए । ६ वर्ष मलेसियामा काम गरेर घर आएका उनी यो वर्षको दशैँ मनाएर फेरि वैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए ।

मलेसियामा ६ वर्ष काम गरेर गत असोज महिनामा घर फर्केका विष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेसिया गएका थिए । अर्कोपटक घर आउँदा बिहे गर्ने सोच बनाएर पैसा कमाउन वैदेशिक रोजगारीमा गएका विष्णु उतै बितेका छन् । 

उनको मृत्युको कारण खुल्न सकेको छैन । विष्णुको शव नेपाल ल्याउन अहिले पहल भइरहेको आफन्त एवं दशरथचन्द नगरपालिका–४ का वडासदस्य देवराम लोहारले बताए ।


Author

थप समाचार
x